साइकल चोरीमा संलग्न युवाको साथबाट प्रतिबन्धित औषधि बरामद

भक्तपुर न्यूज

२८ साउन २०८० १०:०२

साइकल चोरीमा संलग्न युवाको साथबाट प्रतिबन्धित औषधि बरामद

विराटनगर । मोरङको पथरीशनिश्चरेमा साइकल चोरीमा संलग्न रहेका युवाको साथबाट प्रतिबन्धित औषधि बरामद भएको छ । पथरीशनिश्चरे नगरपालिका–२ स्थित प्रदीप धिमालको घरबाट साइकल चोरी गर्दै गर्दा शनिबार राति उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय रमेश बराइली पक्राउ परेका थिए ।

धिमालको घरमा राखेको साइकल चोरी गर्दै गरेको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिएर बराइलीलाई प्रहरीको जिम्मा लगाएका थिए । शरीर खानतलासी गर्दा उनको साथबाट स्पासपेन ४७, ट्रमाडोल ९६ र डिकोलिक ५० ट्याब्लेट बरामद भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार बराइलीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभागको जिम्मा लगाउने तयारी गरिएको छ । नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि मिसाएर दुव्र्यसनीले लागूऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०८० साउन २८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *