पत्रकार महासंघ भक्तपुरका सहसचिव ढकाललाई पितृशोक

भक्तपुर न्यूज

२८ साउन २०८० ८:४१

पत्रकार महासंघ भक्तपुरका सहसचिव ढकाललाई पितृशोक

भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सहसचिव एवं प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष हेमराज ढकाललाई पितृशोक परेको छ ।

उनका पिता भीष्मप्रसाद ढकालको ५९ वर्षको उमेरमा शनिबार अपरान्ह भक्तपुर अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि मुटु र फोक्सोको समस्याले ग्रसित भीष्म प्रसाद पछिल्लो २ सातादेखि भक्तपुर अस्पतालमा उपचाररत रहेका थिए । उनको उपचारकै क्रममा निधन भएको हो ।

उनको शनिबार नै पशुपति स्थित आर्यघाटमा अन्येष्टि गरिएको छ । स्व. ढकालका श्रीमती, १ छोरी र २ छोरा छन् । पत्रकार ढकाल उनका जेठा छोरा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *