सुन प्रकरण : छुटे रोहन अडुकिया
काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका व्यवसायी रोहन अडुकिया रिहा भएका छन्। शुक्रबार उनलाई दिल्लीबाट काठमाडौं आउँदै गर्दा अध्यागमनले नियन्त्रणमा लिएको थियो। उनी शनिबार बिहान ११ बजेतिर छुटेका हुन्। राजश्व अनुसन्धान विभागको सिफारिसमा अडुकियालाई एक सय किलो सुन तस्करी प्रकरणमा कालोसूचीमा राखिएको थियो।
अध्यागमनले नियन्त्रणमा लिएपछि शुक्रबार नै आन्तरिक राजश्व विभागलाई बुझ्नका लागि पत्राचार गरेको थियो। तर विभागले भने यो प्रकरणको सबै अनुसन्धान सीआईबीले गरिरहेको भन्दै बुझ्न मानेन। साँझ राजश्व अनुसन्धान विभागले सीआईबीलाई बुझाउन खोज्दा सीआईबीले यो प्रकरणमा उनको संलग्नता पुष्टि हुने आधार नभएको भन्दै बुझ्न मानेन। उनलाई अध्यागमनले बोलाएको बेला हाजिर हुने शर्तमा छाडिएको हो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ ११:४२