बाढीपहिरोबाट चार राजमार्गका विभिन्न सडकखण्ड पूर्ण रुपमा बन्द
काठमाडौं । बाढीपहिरोका कारण देशका चार राजमार्गका विभिन्न खण्ड पूर्ण रुपमा बन्द भएका छन् । सडक विभागका अनुसार तमोर करिडोरको (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ ।
ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ । यस्तै, धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्णरूपमा अवरुद्ध छ । यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक सय मिटर सडक भासिएको विभागले जनाएको छ । सडकको अवरोध हटाउन प्रयास भइरहेको छ । यस्तै, ३४ वटा सडक एकतर्फी सञ्चालन भइरहेका छन् । काठमाडौंसँगको मुख्य नाका मुग्लिन नारायणगढ सडकखण्डलगायत अरु सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् ।
प्रकाशित मितिः २०८० साउन २४ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२