कैलालीमा डुबानका कारण हजारभन्दा बढी परिवार विस्थापित
कैलाली । कैलालीमा डुबानका कारण हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनी नगरपालिकाकामा मात्रै करिब हजारभन्दा बढी परिवार विस्थापित भएका हुन् । सो नगरपालिका भएर बग्ने मोहना, कान्द्रा, काँढा, पथरैया सबै नदीमा मंगलबार ठुलो बाढी आएको प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले बताए ।
“हजारौँ परिवार विस्थापित भइसकेका छन्”, उनले भने, “बाढी बढ्दै गएकाले यो सङ्ख्या अझै बढ्दै जान सक्छ ।” उनका अनुसार विस्थापितहरू हुलाकी राजमार्ग, सुरक्षित भवन र विद्यालयमा बसिरहेका छन् । भजनी नगरपालिकाको नौ वटै वडा डुबानमा परेता पनि वडा नम्बर २, ३, ५, ७ र ८ मा पूरै जलमग्न भएको छ । नगर क्षेत्र पूरै जलमग्न भएको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिए ।
प्रकाशित मितिः २०८० साउन २४ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२