बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित छ। जसका कारण देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
राती देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। यस्तै, कोशी र मधेशका थोरै स्थानमा हावाहुरी समेत चल्ने महाशाखाको भनाइ छ।
प्रकाशित मितिः २०८० साउन २४ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२