बाढीले सडक बगाएपछि बीपी राजमार्ग अबरुद्ध

भक्तपुर न्यूज

२३ साउन २०८० ७:५६

बाढीले सडक बगाएपछि बीपी राजमार्ग अबरुद्ध

काठमाडौं । सोमवार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिकास्थित तालढुंगा क्षेत्रमा आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बाढीले खोलासँगैको सडक बगाएको छ । बाढीले सडक सडक बगाउँदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको हो । वर्षासँगैको बाढीले काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ । बनेपाको पुलबजार क्षेत्र डुबानमा परेकाले अरनिको राजमार्गमा समेत सवारी आवागमनमा समस्या भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मितिः २०८० साउन २३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *