काँडाघारीमा पर्खाल भत्किँदा १७ वर्षीय तामाङ घाइते

भक्तपुर न्यूज

२३ साउन २०८० ७:२१

काँडाघारीमा पर्खाल भत्किँदा १७ वर्षीय तामाङ घाइते

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीमा पर्खाल भत्किएर एक जना किशोरी घाइते भएकी छन् । नीरज पोखरेलको घरकाे कम्पाउण्ड पर्खाल भत्किँदा सँगै टहरोमा सुतेकी १७ वर्षीय शर्मिला तामाङ घाइते भएकी हुन् ।

उनलाई उपचारका लागि मिनभवन स्थित सिभिल अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

घर कम्पाउन्डको पर्खाल भत्किँदा सो स्थानमा जग्गा भाडामा लिएर ओखलढुङ्गाका राज कुमार बुढाथोकीले बनाएको टहरो भत्किएको हो । शर्मिला टहरोमा सुतिरहेकी थिइन् । उदयपुर घर भएकी १७ वर्षीय शर्मिला तामाङको टाउकोमा चोट लागेको छ । उनी राज कुमार बुढाथोकीको भान्जी हुन् ।

प्रकाशित मितिः २०८० साउन २३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *