नागढुङ्गा–नौविसे सुरुङमार्गको रेस्क्यू सुरुङको ‘ब्रेक थ्रू’ आज हुँदै
काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल (उद्धार सुरुङ) को आज सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ को सोमबार खनिसकिने भएको छ । आइतबार दिउँसोसम्म एक मिटरमात्र काम बाँकी रहेको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सोमबार दिउँसो पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा। विजय जैसीले बताए ।
साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । दुई दशमलव ६ किमी लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय ६ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।
प्रकाशित मितिः २०८० साउन २२ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२