सल्यानमा घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला
सल्यान । सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शारदा नगरपालिका -१४ माल्नेटाकाे कालिमा प्रावि नजिकै स्थानीय अन्दाजी ४७ वर्षकी उर्मिला गिरीको शव फेला परेको हो ।
उनी आइतबार बिहान घर नजिकैको बारीमा घाँस काट्न गएकी थिइन् । १० बजेसम्म पनि घर नफर्केपछि श्रीमान् खड्गबहादुर गिरी खोज्दै जाँदा बारीको डिलमा उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानले घटनालाई हेर्दा महिलाको हत्या गरेको जस्तै देखिएको बताएको छ । यद्यपि घटनाबारे अनुसन्धान हुन भने बाँकी छ । घटनास्थल चारैतिरबाट सुरक्षित गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०८० साउन २१ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२१ वैशाख २०८२ ९:५२