मकवानपुरबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

भक्तपुर न्यूज

१९ साउन २०८० ११:२७

मकवानपुरबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-२ स्थित एभोकाडो होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय बलराम बिश्वकर्मा लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५४ हजार ४ सय २० रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *