सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा २ जना पक्राउ

भक्तपुर न्यूज

१९ साउन २०८० ११:२२

सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ प्रसाही टोलमा सञ्चालित युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका सञ्चालक सत्रुधन कापर र क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका खुसीलाल महतो छन् ।

हाल सबैलामा बस्दै आएका महतो सबैला नगरपालिका प्यापसनको अध्यक्ष रहेका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए । अनुसन्धानकै क्रममा धनुषाधामका एक कम्प्युटर सेन्टरका सञ्चालकलाई समेत पक्राउ गरि अनुसन्धान भैरहेको देवकोटाले बताए ।

प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *