सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

भक्तपुर न्यूज

१९ साउन २०८० १०:४४

सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको महावै गाउँपालिका–७ का २३ वर्षीय कृष्ण शाही र शुभकालिका गाउँपालिका– ३ का २३ वर्षीय बिमोचन विष्ट छन् ।

शुक्रबार कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकलमा भुरेली भन्ने स्थानबाट वीरेन्द्रनगर आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएको थियो । दुर्घटनामा घाइते उनीहरुको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका शाही मोटरसाइकल चालक हुन् ।

मोटरसाइकलमै सवार खाँडाचक्र नगरपालिका–५ कालिकोटका १९ वर्षीय प्रकाश कठायत घाइते छन् । उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *