बिग बोस ओटीटी २ को पहिलो फाइनलिस्ट भए अभिषेक

भक्तपुर न्यूज

१९ साउन २०८० १०:०७

बिग बोस ओटीटी २ को पहिलो फाइनलिस्ट भए अभिषेक

काठमाडौं । बिग बोस ओटीटी सीजन २ अहिले चर्चामा छ । सलमान खानद्वारा होस्ट गरिने यस रियालिटी शोको टिआरपी उचाइँमा पुगेको छ । साथमा यस सीजनमा एकदमै धेरै नाटक तथा ट्वीस्ट देख्न पाइएको छ । घरमा भएका सहभागीहरुले भरपूर मनोरञ्जन दिइरहेका छन् ।

यसैबीच बिग बोस ओटीटी २ मा धमाका मच्चाइरहेका सोसल मिडिया इन्फ्लुएन्सर अभिषेक मल्हन उर्फ फुकरा इन्सानले टिकट टु फिनाले टास्क जितेका छन् । यसका साथै अभिषेक फिनालेमा स्थान पक्का गर्ने पहिलो प्रतियोगी बनेका छन् । यस टास्कमा उनले पुजा भट्टलाई हराएका थिए ।

टिकट टु फिनाले जित्ने प्रतियोगिताका क्रममा घरलाई दुई टिममा विभाजन गरिएको थियो । खेलाडीलाई अभिषेक र पूजाका लागि फलफूल जम्मा गर्नुपर्ने थियो । दुवै दाबेदारले भने फलफूलको सुरक्षा गर्नुपर्ने थियो । अन्तिममा अभिषेक मल्हनले मनीषा रानी, एल्विश यादव र जिया शंकरको सहयोगबाट टास्क जिते । टास्क हारेको झोंकमा पूजा भने अभिषेकसँग रिसाएकी थिइन् ।

यसरी पहिलो फाइनलिस्ट भएर अभिषेकले उपाधितिर पाइला अगाडि बढाएका छन् । उनका प्रसंशक तथा फलोअर पनि धेरै छन् । के अभिषेक बीग बोस ओटीटी २ को विजेता बन्लान् त ? अझै केही दाबेदार घरमा छन् । अहिले एलिमिनेशनका लागि खतराको घेरामा जिया शंकर, जद हदीद, अविनाश सचदेव र मनीषा रानी छन् । बाँकी अहिलेसम्म सुरक्षित छन् ।

प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *