कोहलपुर बृहत खानेपानी उपभोक्ता समितिमा भुसाल निर्वाचित

भक्तपुर न्यूज

१३ साउन २०८० १२:०६

कोहलपुर बृहत खानेपानी उपभोक्ता समितिमा भुसाल निर्वाचित

नेपालगञ्ज । कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थामा लोकतान्त्रिक प्यानलका टेकनारायण भुसाल विजयी भएका छन् । कांग्रेस युवा नेता भुसालले चार दलीय गठबन्धनका उम्मेदवार रुद्र खनाललाई पराजित गरेका हुन्। भुसालले एक हजार दुई सय १४ मत ल्याउँदा खनालले एक हजार १७ मत ल्याएका थिए ।

संस्थाको उपाध्यक्षमा वीरबहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धु्रव आचार्य, सहसचिवमा बालकुमारी सापकोटा र सहकोषाध्यक्षमा ईश्वरप्रसाद शर्मा विजयी भएका छन् । यी सबै लोकतान्त्रिक प्यानलमा थिए । सदस्य पनि यसै प्यानलबाट जितेका छन् ।

नवनिर्वाचित अध्यक्ष भुसालले कोहलपुरवासीलाई स्वच्छ पानी खुवाउन चुनाव अघि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बताए । उनले समस्यालाई वर्गीकरण गरेर समाधान गर्दै जाने र प्रतिस्पर्धीसँग पनि समन्वय गर्ने बताए। ५ हजार २ सय ७७ मतदाता रहेको संस्थामा दुई हजार ८ सय ८७ मत खसेको थियो ।

प्रकाशित मितिः २०८० साउन १३ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *