बझाङमा निर्माणाधीन घर भत्काएको आरोपमा तीन जना पक्राउ

भक्तपुर न्यूज

१३ साउन २०८० ११:४४

बझाङमा निर्माणाधीन घर भत्काएको आरोपमा तीन जना पक्राउ

काठमाडौं । बझाङमा एक स्थानीयको निर्माणाधीन घर भत्काएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बित्थडचिर गाउँपालिकामा सार्वजनिक जग्गामा घर बनाएको भन्दै घर भत्काएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। करण ओखेडाले बनाइरहेको घर शुक्रबार केही स्थानीयले भत्काएका थिए।

सार्वजनिक जग्गामा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी समेत परेको थियो। त्यसपछि उनीहरूले घर भत्काएर खेतीपाती समेत फडानी गरेका थिए। घटनापछि करण ओखेडाका बुवा पुट्केले आफूले लालपुर्जा भएको जमिनमै घर बनाएको तर स्थानीयले गैरकानुनी रूपमा घर भत्काइदिएको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएका थिए।

पुट्केले आफ्नो नामको लालपुर्जा पनि सार्वजनिक गरेका छन्। उजुरीपछि प्रहरीले दुवै पक्षलाई प्रारम्भीक रूपमा बुझ्ने काम गरेको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए।

प्रकाशित मितिः २०८० साउन १३ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *