राप्ती सोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपालगन्ज । बाँकेको राप्ती सोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । शुक्रबार राति १२ बजेतिर राप्तीसोनारी गाउँपालिका–४ हुलाकी राजमार्गअन्तर्गत सुर्यलालपुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३० वर्षीय राम थारुको मृत्यु भएको हो ।
गाउँपालिकाको धामपुरबाट सुर्यलालपुर जाँदै गरेको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका राप्तीसोनारी–३ का रामको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो भने घाइते हेमकुमार थारु र प्रकाश थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।
प्रकाशित मितिः २०८० साउन १३ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२