जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेल पक्राउ
काठमाडौं । बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्। आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो। उनलाई त्रिपुरेश्वरबाट प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका अनुसार साउन ५ गते रामेछाप घर भएकी २३ वर्षीया युवतीले उनीविरूद्ध बलात्कारको उजुरी दिएकी थिइन्। त्यही आधारमा उनलाई पक्राउ गरी अनुसन्धानको काम भइरहेको एसएसपी कार्कीले जानकारी दिए।
प्रकाशित मितिः २०८० साउन १२ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२