बिल विजक बिनाको मोवाईलको डिसप्लेसहित एक जना पक्राउ
बाँके । जिल्लाको कोहलपुर नगरपालिका ११ स्थित कृषिबजार चोक नजिकैबाट बिहीबार सशस्त्र प्रहरीले करीव ४१ लाख ८१ हजार रुपैयाँ बराबरको मोवाईलको डिसप्लेसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने ३६ वर्षिय नावेद अलीलाई ३० नं बागेश्वरी गण बाँके र राजश्व चुहावट नियन्त्रण सुरक्षा वेश कोहलपुरले नियन्त्रणमा लिएको हो। से ७ प ८९९९ नम्बरको मोटरसाईकलमा सवार अलीले बोकेको उल्लेखित मुल्य बराबरको बिभिन्न ब्रान्डका मोवाईलका डिसप्लेको बिलविजक फेला नपरेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका अलीलाई बरामद डिसप्ले तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०८० साउन ११ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२