डेंगुबारे जानकारी लिन ११८० मा फोन गर्न मेयर बालेनको आग्रह

भक्तपुर न्यूज

११ साउन २०८० ११:१२

डेंगुबारे जानकारी लिन ११८० मा फोन गर्न मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेपालभर महामारीको रूपमा डेंगु फैलन संकेत देखिएको भन्दै सचेत रहन अपिल गरेका छन्। मेयर साहले डेंगु रोग लाग्नै नदिनेतर्फ सबै महानगरवासीहरुले आ–आफ्नो तर्फबाट प्रयत्न गर्न र सचेत रहन अपिल गर्दै डेंगु नियन्त्रणका लागि महानगरपालिकाले चालेका सबै कार्यक्रममा सहयोगको लागि अनुरोध पनि गरेका छन्।

मेयर साहले डेंगुका विषयमा कुनै जिज्ञासा तथा समाधान खोज्ने भए २४ सै घण्टा सञ्चालनमा रहेको हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेका छन्। उनले बिरामीलाई १०२ नम्बरको निःशुल्क एम्बुलेन्स प्रयोग गर्न पनि सुझाएका छन्।

“विगतका वर्षहरुको अनुभवलाई हेर्दा वर्षायाममा विशेषगरी श्रावण, भाद्र, असोज र कात्तिकसम्म यस रोगको संक्रमण दर तीव्र रहेको पाइन्छ। नगरवासीलाई यो रोगबाट बचाउन हामीले विशेष प्रयत्न गरेका छौं। डेंगुको बारेमा जिज्ञासा राख्न, समाधान खोज्न छुट्टै ११८० नम्बको हटलाइन २४ सै घण्टा चालू रहने छ भने १०२ बाट निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्नु हुनेछ”, बालेनले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

प्रकाशित मितिः २०८० साउन ११ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *