महाकाली नदीको किनारमा एक बालिकाको शव फेला

भक्तपुर न्यूज

९ साउन २०८० १२:४६

महाकाली नदीको किनारमा एक बालिकाको शव फेला

धनगढी । दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४-१५ वर्षीया बालिकाको शव मंगलबार दिउँसो फेला परेको हो। घटनाको प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०८० साउन ०९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *