चितवनको चौधकिलो पुलमा बस र ट्रक आपसमा ठोक्किएर ३० जना घाइते
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलो पुलमा बस र ट्रक आपसमा ठोक्किएर ३० जना घाइते भएका छन् । मंगलबार बिहान भरतपुर महानगरपालिका–२९ को चौधकिलोमा बस र ट्रक आपसमा ठोक्किएर सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढबाट–मुग्लिनतर्फ आउँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किदाँ उक्त दुर्घटना भएको हो । घाइते मध्ये चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
यस्तै घाइते १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०८० साउन ०९ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ ११:४२