राजधानीको सामाखुसीमा बाढीले बगाउँदा एक बालक बेपत्ता

भक्तपुर न्यूज

८ साउन २०८० ७:५४

राजधानीको सामाखुसीमा बाढीले बगाउँदा एक बालक बेपत्ता

काठमाडौं । राजधानीको सामाखुसीमा एक बालकलाई बाढीले बगाउँदा बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले आइतबार साँझ १३ वर्षीय बालक साजन मगरलाई बगाएको हो । भोजपुर घर भई सामाखुसी बस्दै आएका ती बालकको खोजी कार्यमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी सीताराम रिजालले जानकारी दिए ।

उनी भानुभक्त माविमा कक्षा ६ मा पढ्ने बालक भएको खुलेको छ । जल तथा मौसम विभागले आइतबार साँझको वर्षापछि सामाखुसी र सो आसपासको क्षेत्रमा विष्णुमती नदीको बाढीले खतराको तह पार गरेको जनाएको छ ।

प्रकाशित मितिः २०८० साउन ०८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *