प्रधानमन्त्री प्रचण्डबारे गलत प्रचार गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर र नाम राखेर नक्कली भारतीय आधार कार्ड र आयकर कार्ड सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगर–११ देवीनगरका टाइगर रानामगर भनिने शेरबहादुर राना रहेका छन् ।
उनले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका बेलासमेत सामाजिक सञ्जालमा असंवेदनशील पोस्ट गरेका थिए । ब्युरोले लोकेसन पत्ता लगाई रुपन्देही प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो । उनलाई केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवलबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ९डिएसपी० दानबहादुर थापाले रानामगरलाई आइतबार साँझ पक्राउ गरी काठमाडौं पठाइएको जानकारी दिए । उनलाई काठमाडौंमै साइबर क्राइमसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०८० साउन ०१ सोमबार