काठमाडौं महानगरभित्र प्लस टु मात्रै सञ्चालन गर्न नपाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अब प्लस टु मात्र सञ्चालन गर्न नपाइने भएको छ।
मंगलबार नगरसभाको १३ औँ अधिवेशनमा विधायन समितिका संयोजक मचाराजा महर्जनले महानगरभित्र प्लस टु मात्रै सञ्चालन गरेका विद्यालयहरूले अबदेखि कक्षा १० सम्म पनि पढाउनुपर्ने गरी कानुन संशोधन गर्न प्रस्ताव पेश गरेका हुन्।
काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ को पहिलो संशोधन प्रस्ताव पेश गर्दै उनले भने, ‘महानगरभित्र कक्षा ११ र १२ सञ्चालन गरेका शिक्षण संस्थाले यो ऐन प्रारम्भ भएको एक वर्षभित्र कक्षा १० सम्म पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छु।’
उनका अनुसार यो ऐन पारित भएपछि महानगरभित्रका जुन शिक्षण संस्थाहरूले कक्षा ११ र १२ को कार्यक्रम सञ्चालन गरेका छन्, उक्त कार्यक्रम अब सञ्चालन गर्न पाउनेछैनन्।
प्रकाशित मितिः २०८० असार २६ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८