वागीश्वरी कलेजमा अध्ययनरत विद्यार्थिहरूको तिन दिने समर क्याम सम्पन्न

भक्तपुर न्यूज

३० वैशाख २०८० ६:२५

वागीश्वरी कलेजमा अध्ययनरत  विद्यार्थिहरूको तिन दिने समर क्याम सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका बि.ए. तथा बि.एस.डब्लु। पहिलो वर्षका विद्यार्थिहरूको तिन दिने “Summer Urban camp” दशिणकालीस्थित शिखरापुरमा सम्पन्न गरेको छ ।

बोटल हाउस तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रद्रारा संचालित गाइ फार्म, कुखुरा फार्म र कृषि फार्मको अवलोकन गर्नुका साथै बोटल हाउस खेर गएका बोटल, पराल, कपाल तथा माटो बाट वातावरणमैत्री, भुकम्प प्रतिरोधात्तमक र कम लागतमा बनाइएको शिखरापुर सामुदायिक क्याम्पसका प्राचार्य निरोज श्रेष्ठको बताए ।

यस्तै, शिखरापुर सामुदायिक क्याम्पस, शिखरापुर सामुदायिक विधालय, कृषि सिकाइ अनुसन्धान केन्द्र र शिखरापुर खुल्ला विधालयको अवलोकन गर्नुका साथै कृषि जे.टि.ए। सरिता नगरकोटिको बिशेष सहयोगमा तरकारि  काक्रो, लौँका, घिरौँला, फर्सि रोपेका थिए।

यसैगरि, विद्यार्थिहरू दुइ समुहमा विभाजित भएर शिखरापुरको ३० घरधुरिलाइ नमुना छनोट गरी विवाहित महिलाहरूको आर्थिक अवस्थाबारे सर्वेक्षण गरेका थिए ।

उक्त सर्वेक्षणबाट कम उमेरमा विवाह, आधारभुत कक्षा सम्ममात्र पढेका, कृषि पेशा अंगालेका महिलाहरू बढि पाएको थियो । नगरपालिकाबाट आउने सुचनाहरू समयमा थाहा नपाउँदा विभिन्न तालिम लिनबाट वन्चित भएको गुनासो पनि आएको थियो ।

उक्त शिविरको समापण समारोहमा प्रमुख अतिथि दशिणकालि नगरपालिकाको प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष अम्रिका बलामीले विदेशमा गएर गर्ने दुख स्वदेशमै कृषिमा गरे देश आत्मानिर्भर बन्ने बताउनुभयो । कृषि तथा व्यवसाय गर्ने व्यक्तिहरूलाइ नगरपालिकाले विशेष अनुदान सहयोग गर्ने बताए ।

यस्तै, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्याम बहादुर के।सि।ले नगरपालिकाबाट आउने सुचनाहरू समयमा थाहा नदिने गुनासोप्रति गम्भिर ध्यानाकर्षण भएको बताउदै शिखरापुरलाइ अध्ययन क्षेत्र बनाइएकोमा धन्यवाद व्यक्त गरे ।

वागीश्वरी कलेजका समाजशास्त्रका शिक्षका एवं सभापति शुसिला कर्माचार्यले शिविरको महत्वबारे प्रष्टयाँदै शिविरबाट धैरे ज्ञान प्राप्त भएको बताए ।

उक्त शिविरको समापण समारोहमा वडा अध्यक्ष अम्रिका बलामी, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्याम बहादुर के।सि,शिखरापुर सामुदायिक क्याम्पसका प्राचार्य निरोज श्रेष्ठ, शिखरापुर खुल्ला विधालयको संयोजक ललिता लामिछाने,रूक्मणी फाउण्डेशनका अध्यक्ष शसिशर्मा अर्याल, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका सचिव निशा विसुन्खेलगायतको उपस्थित रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *