काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ले दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग गरेको छ। आज १९ गते मंगलबारबाट खुलेको आवेदन आगामी जेठ ५ गते सम्म कायम रहनेछ। समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन पाउनेछन्।
विश्वविद्यालयको २८औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८० जेठ महिनाको चौथो सातामा आयोजना गर्ने तयारी भएको जनाएको छ। आवेदन दिन योग्य विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने विश्वविद्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
विश्वविद्यालयका सबै (स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स, मेडिकल साइन्स, ल)हरूबाट उत्तीर्ण विद्यार्थी समारोहमा भाग लिन पाउनेछन्।
प्रकाशित मितिः २०८० बैशाख १९ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८