काठमाडौं महानगरले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्री डे’ लागू गर्ने

भक्तपुर न्यूज

६ वैशाख २०८० ९:०८

काठमाडौं महानगरले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्री डे’ लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्रका विभिन्न ९० वटा सामुदायिक विद्यालयहरूमा विभिन्न तालिम सञ्चलन गर्ने भएको छ । नयाँ शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीहरूलाई विभिन्न तालिम दिने तयारी महानगरले गरेको हो ।

महानगरले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्री डे’ लागू गर्ने भएको छ । उक्त दिन अतिरिक्त क्रियाकलाप र विभिन्न प्रकारका सीप सिकाउने महानगरको योजना रहेको छ । महानगरको शिक्षा विभागले पाइलटिङ प्रोग्रामको रुपमा पाठ्यक्रम नै तयार गरेर केही विद्यालयका कक्षा-९ का विद्यार्थीलाई ९० घण्टाको ब्युटिसियन तालिम, प्लम्बिङ, मोबाइल रिपेयरिङ, पाक शिक्षा जस्ता तालिम दिने तयारी गरेको हो ।

तालिममा सहभागीले शैक्षिक सत्रको अन्तिममा सीटीइभिटीबाट प्रमाणपत्र पाउने छन् ।

प्रकाशित मितिः २०८० बैशाख ०६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *