आइडिपी नेपालद्वारा आयोजित ‘अष्ट्रेलियन-क्यानेडियन एजुकेशन फेयर’ सम्पन्न

भक्तपुर न्यूज

१९ भदौ २०७९ १०:१३

आइडिपी नेपालद्वारा आयोजित ‘अष्ट्रेलियन-क्यानेडियन एजुकेशन फेयर’ सम्पन्न

काठमाडौं । इन्टरनेशनल एजुकेशन स्पेशलिष्ट आइडिपी नेपालद्वारा आयोजित ‘अष्ट्रेलियन-क्यानेडियन एजुकेशन फेयर’ सम्पन्न भएको छ। आइडिपीले शनिबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा उक्त फेयर आयोजना गरेको हो।

अष्ट्रेलिया र क्यानेडामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई मध्यनजर गर्दै आइडिपीले यो एक दिने मेला आयोजना गरेको हो। आयोजना भएको मेलामा एक हजारभन्दा धेरै विद्यार्थी र अभिभावकहरूले परामर्श लिएको आइडिपीले जनाएको छ।

मेलामा अष्ट्रेलिया र क्यानेडाका ४० भन्दा बढी कलेज तथा विश्व विद्यालयहरूको प्रत्यक्ष सहभागिता थियो। विभिन्न विश्व विद्यालयका प्रतिनिधिहरूले आफ्नो विश्व विद्यालयका शिक्षा, छात्रवृत्ति, रोजगारीलगायतका विषयमा परामर्श दिएको आइडिपी नेपालका कन्ट्री डिरेक्टर अभिषेक श्रेष्ठले बताए।

यसका साथै मेलामा अष्ट्रेलिया, क्यानेडा जानुपूर्व र त्यहाँ पुगिसकेपछि विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरूका बारेमा समेत जानकारी गराइएको छ।

प्रकाशित मितिः २०७९ भदौ १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *