कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

भक्तपुर न्यूज

१७ भदौ २०७९ १२:१०

कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यस वर्षकाे परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । देशभरका एक हजार २९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

नतिजा हेर्ने तरिका

वेबसाइट

विगतमा झैँ यस वर्षको कक्षा १२ को नतिजा पनि नेपाल टेलिकमको साइटबाट हेर्ने व्यवस्था रहेको छ ।

-त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ माथिको बक्समा सिम्बाेल नम्बर र तलको बक्समा जन्ममिति राख्नपर्ने हुन्छ । (जन्ममिति राख्दा वर्ष/महिना/दिन (जस्तै २०६०/०१/१४) ।

त्यसपछि तल रहेको सब्मिट बटनमा ट्याप गर्‍यो भने आफ्नो नतिजा हेर्न सकिन्छ ।

एसएमएस

नतिजा सार्वजनिक भएपछि एसएमएसमार्फत पनि हेर्न सकिन्छ । नतिजा सार्वजनिक भएको केही समयपछि मात्र अनलाइनबाट हेर्न सकिने भएकाले नतिजा सार्वजनिक भए लगतै एसएमएसबाट हेर्न सकिन्छ । एसएमएसबाट कक्षा १२ को नतिजा हेर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् ।
त्यसपछि पठाउनुपर्ने नम्बरमा ३५००१ राख्नुहोस् ।
त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् ।
त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

आईभीआर

बोर्डले वेबसाइट, एसएमएस बाहेक आईभीआरमार्फत पनि नतिजा थाहा पाउन सकिने व्यवस्था गरेकाे छ ।

आईभीआर मार्फत कक्षा १२ को नतिजा थाहा पाउन तलको प्रक्रिया अपनाउनुहोस् ।

सबैभन्दा पहिले आफ्नो फोनमा १६००१ डायल गरेर कल गर्नुहोस् ।
त्यसपछि त्यहाँ भने बमोजिम आफ्नो सिम्बोल नम्बर थिच्नुहोस् ।
त्यसपछि तपाईंले आफूले प्राप्त गरेको जीपीए तथा ग्रेड थाहा पाउन सक्नुहुन्छ ।

प्रकाशित मितिः २०७९ भदौ १७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *