थप विश्वविद्यालय चाहिन्छ र ?

भक्तपुर न्यूज

४ साउन २०७९ २:३६

थप विश्वविद्यालय चाहिन्छ र ?

काठमाडाैं । विद्यालयको विधेयक राष्ट्रिय सभामा छलफलमा नै छ। नयाँ विश्वविद्यालय स्थापना गर्नुभन्दा पहिला यस क्षेत्रका विविध विषयमा गहन छलफल आवश्यक छ। के नेपालमा साँच्चै थप विश्वविद्यालयको आवश्यकता हो ? के हाम्रा विश्वविद्यालयले विश्वविद्यालयमा गर्ने कार्य नगरेर नयाँ विश्वविद्यालय खोल्न लागिएको हो? के हाम्रा विश्वविद्यालयलाई चाहिने मात्रामा विद्यार्थी उच्च शिक्षामा छन्रु हाम्रो प्राज्ञिक उन्नयनको काम सन्तोषजनक छ ? के हाम्रो उच्च शिक्षाले ज्ञान अर्थव्यवस्थालाई टेवा पुर्‍याएको छ ? अथवा नेपालबाट दिनानुदिन विदेशी विश्वविद्यालयमा पढ्न जाने विद्यार्थी रोक्नका लागि हामीले नयाँ विश्वविद्यालय खोल्न लागेका हौँ ? वा विदेशी विद्यार्थीका लागि नयाँ गन्तव्यका रूपमा नेपाललाई विकास गर्ने हेतुले यसो भनिएको हो ?

शिक्षाले मूलतः तीनवटा काम गर्नुपर्ने देखिन्छ– (१) सामाजिक रूपान्तरण, (२) आर्थिक विकासको कार्यादेश तयार, (३) अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्न सक्ने स्नातकको उत्पादन। के हाम्रा विश्वविद्यालयले यी उद्देश्यलाई ध्यान दिएर कार्य गरिरहेका छन्रु सामाजिक रूपान्तरणका लागि विश्वविद्यालयले आफ्नो देशको भाषा, कला, संस्कृति, साहित्य, इतिहास, भूगोललगायतका विषयवस्तुलाई देशको हरेक कुना र समाजमा पुर्‍याउनुको साथै अन्तर्राष्ट्रिय जगत्सम्म पुर्‍याउनु आवश्यक छ। समाजमा हुने सामाजिक, राजनीतिक, आर्थिक र अन्य प्रकारका सकारात्मक तथा नकारात्मक असरबारे समाजमा सुसूचित गर्ने नागरिकहरू तयार गर्ने काम विश्वविद्यालयको हो। के हाम्रा विश्वविद्यालले यी विषयवस्तुलाई प्राथमिकताका साथ अध्यापन गराइरहेका छन्रु

देशको समग्र आर्थिक विकासका लागि उद्यमशील र प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ। नेपालका विश्वविद्यालयहरूमा परम्परावादी सिकाइ शिक्षणले न विद्यार्थीलाई सिप प्रदान गर्न सक्यो न त आर्थिक उपार्जनको माध्ययको विकास। यस्तो अवस्थामा प्राविधिक धारको शिक्षालयमार्फत अटोमोबाइल, कार्पेन्टर, प्लम्बिङ, सिँचाइ, पशु पालन, कृषि, परम्परागत सिप आदिका प्राविधिक शिक्षालय स्थापना गरी उच्च शिक्षाका विद्यार्थीलाई उद्यमशील र आर्थिकरूपमा सबल र सक्षम बनाउने कार्यादेशसहितको प्राविधिक धारका उच्च शिक्षालय स्थापन गर्नु आवश्यक छ। जसले सिप सिकाइ वृद्धि गरी स्वरोजगारी सिर्जना गर्नुका साथै आर्थिकरूपमा सबल र सक्षम बनाउन सहयोग गर्दछ। यसको साथै दिनानुदिन विदेशिने विद्यार्थीलाई रोक्न प्राविधिक शिक्षाको आवश्यकता छ । जुन उच्च शिक्षामा मात्र होइन, विद्यालय तहबाट नै उपलब्ध गराउनु आवश्यक छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *