ख्वप कलेज देकोचामा राष्ट्रिय सम्मेलन हुने

भक्तपुर न्यूज

२७ जेठ २०७९ १:२४

ख्वप कलेज देकोचामा राष्ट्रिय सम्मेलन हुने

भक्तपुर ।  ख्वप कलेज देकोचा भक्तपुरमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ। जेठ २९ र ३० गते हुने कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले बिहान साढे आठ बजे कलेजमै गर्ने कलेजका प्राचार्य रूपक जोशीले बताए।

दुवै दिन हुने सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाइएको छ। दोस्रो दिन भने चार वटा टेक्निकल सेसन हुने जोशीले बताए।

पहिलो दिन प्रा. डा. पुष्कर बज्राचार्य, प्रा. डा. धु्रबुकुमार गौतम र डा. रामकुमार फुयाँल र दोस्रो दिन प्रा. डा. आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर विष्ट प्लेनरी सेक्सनमा रहने छन्। सम्मेलनमा ४० जनाभन्दा बढीको प्रस्तुति रहने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *