कक्षा ११ को ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो ।
बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुन: अर्को व्यवस्था नहुने बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
विद्यार्थीले परीक्षा नियन्त्रण गर्न नपाइने र परीक्षामा सहभागी हुने परीक्षार्थीहरूको परीक्षा केन्द्र विद्यार्थी संख्याको आधारमा एउटा जिल्लामा न्यूनतम एक केन्द्र हुने गरी कायम गरिने उल्लेख गरेको छ ।
प्रकाशित मितिः २०७९ जेठ १७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९