कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक

भक्तपुर न्यूज

९ वैशाख २०७९ ७:१२

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी जेठ २९ गतेदेखि असार ६ गते सम्ममा परीक्षा सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो।

बोर्डले २०७९ मा सञ्चालन हुने कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७१–७२–७३–७४–७५–७६ भएका) को वार्षिक परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरीको पालना गरी सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो।

प्रकाशित मितिः २०७९ बैशाख ०९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *