त्रिविले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै पठनपाठन र परीक्षा सञ्चालन गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितिमा नै कक्षा र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग तथा स्कुलहरूलाई स्थानीय निकायसँग समन्वय गरी स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालनको व्यवस्था गर्न र सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्ने निर्णय गरिएको हो ।
कार्यालयमा सामाजिक तथा भौतिक दूरी कायम गरी दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने समेत त्रिवि कार्यकारी परिषद् बैठकको निर्णय भएको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।
त्रिविले माघ पहिलो साता एक सूचना प्रकाशित गर्दै ओमिक्रोन भेरिएन्टको तीव्र सङ्क्रमण फैलिएको भन्दै कक्षा बन्द गरेको थियो भने परीक्षा स्थगित गरेको थियो ।
प्रकाशित मितिः २०७८ माघ २७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९