त्रिविका स्थगित परीक्षा १ फागुनदेखि सुरु हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित विभिन्न संकायका परीक्षा १ फागुनदेखि सञ्चालन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै परीक्षाको तालिका प्रकाशित गरेको हो ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ ४ वर्षे बीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा १ फागुनदेखि हुनेछ । वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलबी तेस्रो वर्ष नियमित परीक्षा पनि १ फागुनदेखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्र कार्यालयले वेबसाइटमै राखेको छ । कोरोना संक्रमित बढेसँगै त्रिविले माघ मसान्तसम्म परीक्षा तथा कक्षा सञ्चालन गरेको थिएन । ११ माघदेखि अनलाइनबाट कक्षा सञ्चालन गरिएका छन् ।
प्रकाशित मितिः २०७८ माघ २० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९