कोरोना संक्रमण बढे शैक्षिक संस्थाहरुमा हिउँदे बिदा लम्ब्याउने सिसिएमसीको तयारी

भक्तपुर न्यूज

२५ पुष २०७८ ११:१७

कोरोना संक्रमण बढे शैक्षिक संस्थाहरुमा हिउँदे बिदा लम्ब्याउने सिसिएमसीको तयारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि शैक्षिक संस्थाहरुमा हिउँदे बिदा १५ दिनदेखि एक महिनासम्म थप गर्ने तयारी भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा विद्यालय तथा कलेजहरुमा अहिले जाडो बिदा हुने क्रम सुरु भएको र कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले जाडो बिदालाई बढीमा एक महिनासम्म थप गर्ने गरी छलफल भइरहेको हो ।

सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘अहिले केही निर्णय भएको छैन । तर छलफल भने जारी छ । संक्रमण बढ्दै तथ्यलाई मध्यनजर गरेर जाडो बिदा १५ दिनदेखि एक महिनासम्म थप गर्ने विषयमा कुराकानी भइरहेको छ ।’

तत्काल पठनपाठन भर्च्युअल गर्ने बारे कुरा नभएको पनि उनले बताइन् । जाडो बिदा लम्ब्याएपछिको अवस्था पनि सुधार नभएमा थप के गर्ने भनेर छलफल हुने सिसिएमसीले जनाएको छ ।

प्रकाशित मितिः २०७८ पुस २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *