त्रिविको एमबीए आईटीमा भर्ना खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए आईटी (मास्टर अफ बिजनेश एनमिनिस्ट्रेसन ईन इन्फर्मेसन टेक्नोलोजी) का लागि भर्ना प्रक्रिया सुरू गरेको छ । त्रिवि स्कुल अफ म्यानेजमेन्टले आइतबार एक सूचना जारी गर्दै सन् २०२२ को स्प्रिङ सिजनका लागि एमबीए आईटीको भर्ना प्रक्रिया सुरु गरेको हो ।
सूचना प्रविधिको व्यवस्थापनका लागि व्यवसायिक सीप सिकाउने यो शैक्षिक कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको छ ।
ब्याचलर्स डिग्रीमा बीआईएम, बीसीए, बीएससी सीएसआईटी, बीसीआईएस, बीआईटी वा बीई कम्प्युटर पढी न्यूनतम सीजीपीए २.० वा ४५ प्रतिशत अंक ल्याएका विद्यार्थीले एमबीए आईटीका लागि आवेदन दिन सक्नेछन् ।
यो वेबसाइटमा गई इच्छुक विद्यार्थीले १० फेब्रुअरी (माघ २७) सम्म आवेदन दिन सकिने जनाइएकाे छ ।
प्रकाशित मितिः २०७८ पुस २५ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९