कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ६३ जना विद्यार्थीले ल्याए ‘ए प्लस’ ग्रेड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।
जसमा नियमिततर्फ १ लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसै गरी आंशिकतर्फ १ लाख २३ हजार १२१ परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माले बताएका छन् ।
७ हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’, ४० हजार २३९ जना परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५ सय ५३ जना परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ जना परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५ सय १५ जना परीक्षार्थीले ‘सी’, ३ हजार ८ सय ७५ परीक्षार्थीले ‘डी प्लस’, २ सय ९६ जना परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका बोर्डले जनाएको छ ।
परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
प्रकाशित मितिः २०७८ मंसिर १७ शुक्रबार