दैनिक ३ दाना खजुर खानाले शरीरलाई मिल्छ यस्ता फाइदाहरु
काठमाडौं । खजुर गर्मीमा हुने फल हो । यो फल खाडी मुलुक साउदी अरब, कतार दुबई जस्ता देशमा अत्याधिक रुपमा पाइन्छ । जाडो मौसममा खजूर खाँदा धेरै फाइदा हुन्छ । यसमा आइरन, मिनिरल, क्याल्सियम, अमिनो एसिड र फस्फोरस जस्ता भिटामिन अत्याधिक मात्रामा पाइन्छ ।
आयुर्वेदअनुसार खजुर शीतल, मधुर रस भएको, स्निग्ध, रुचिकारक हुन्छ । यो मुटुका लागि राम्रो हुन्छ, तृप्ति दिने खालको हुन्छ ।आयुर्वेदले खजुरलाई वीर्यवर्धक, पौरुष जगाउने, बलदायक मानेको छ । यसको नियमित सेवनले क्षय, रक्तपित्त, वायु, वान्ता, कफ, ज्वरो, अतिसार, भोक, प्यास, खोकी, सास, दम, मुच्र्छा र वातपित्तको समस्यामा आराम मिल्छ ।
मद्यपानका कारण भएको शारीरिक क्षति र रोग नष्ट गर्नसमेत खजुर उपयोगी मानिन्छ । आयुर्वेदले यसलाई शीत वीर्य मानेको छ । तर खजुर सुकेपछि बन्ने छोगडा चाहिँ न्यानो प्रकृतिको हुन्छ । खजुरमा प्रोटिन १.२, बोसो ०.४, कार्बोहाइड्रेट ३३.८, सूत्र ३.७, खनिज द्रव्य १.७, क्याल्सियम ०.०२२ तथा फोस्फोरस ०.३८ प्रतिशत हुन्छ ।
खजुर वृक्षको रसमा भिटामिन बी र सी पर्याप्त मात्रामा हुन्छ । त्यस्तो रस केही समयसम्म बाहिर राख्दा मादक पदार्थजस्तै वस्तुमा परिणत हुन्छ, जसलाई हाम्रो समाजमा ‘ताडी’ भन्ने गरिन्छ ।
त्यस्तो रस वृक्षबाट निकाल्नेबित्तिकै खाँदा धेरै पौष्टिक र बलवर्धक हुन्छ । तर यसलाई केही समय राख्दा ‘फर्मेन्टेसन’ का कारण या नसा उत्पन्न गर्ने ताडीमा परिणत हुन्छ । खजुरको रसको गुडसमेत बनाइन्छ, जसको उपयोग वात र पित्त हटाउन गरिन्छ ।
खजुरलाई तपाई सिधै खानुस या अन्य कुनै खाद्य पदार्थमा मिलाएर पनि खान सक्नुहुन्छ । कोहि-कोहिले दहीमा मिसाएर पनि खाने गरेको पाइन्छ यसले दहीको स्वाद शक्ति बढाउन मद्दत गर्दछ ।खजुरमा रहने प्रोटिन, विटामिन र मिनरल्सले शरीरलाई निकै शक्ति प्रदान गर्दछ ।
जो धेरै थकान महसुस गर्दछन, अथवा थोरै काम गर्दा पनि थकानको महसुस हुन्छ भने उनीहरुले दैनिक ३ दाना खजुर खानु निकै लाभदायी मानिन्छ दैनिक रुपमा विहान नास्ता खानु भन्दा पहिला, खजुर खाएपछि तुरुन्तै १ गिलास मनतातो पानी पिउनुस, यो प्रकृया लगातार एक महिना सम्म गर्नुहोस यदि तपाई यो समयभन्दा पनि बढी समयसम्म खान चाहनुहुन्छ भने यसलाई निरन्तरता दिन सक्नुहुन्छ यसले दैनिक रुपमा शरीरलाई चाहिने शक्ति प्रदान गरिनै रहन्छ ।
खजुरका अन्य यी १५ फाइदा जसले तपाइको शरीरलाइ अत्यन्तै फाइदा गर्न सक्छ :
१. हड्डी बलियो बनाउन खजूरमा भएको नुनिलो पदार्थले हड्डीलाई बलियो बनाउने काम गर्दछ । यसमा क्याल्सियम , सेलेनियम, म्यागनिीज र कपरको मात्रा अत्याधिक हुने हुँदा यसले हड्डीलाई बलियो बनाउने काम गर्दछ ।
२. इम्युनीटि पावर बढाउन मद्दत खजूर नियमि सेवन गर्दा तपाईको इम्युनी पावर बढाउने काम गर्दछ । यसमा ग्लुकोजको मात्रा अध्याधिक भएका कारण शरिरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने काम गर्दछ ।
३. अनुहार चम्किलो बनाउन खजूर नियमित खानाले तपाईको अनुहार चम्किलो हुने र अनुहार सधै फ्रेस राख्न मद्दत गर्छ । ४। तौल बढाउन मद्दत तपाईको तौल कम छ भने खजूर खानाले तपाइलाई धेरै फाइदा पुर्याउँछ । यसमा सुगर, भिटामिन र प्रोटिन पाइने हुनाले हरेक दिन चार देखि ५ वटा खजुर खानाले केही दिनमै तौल बढ्छ ।
५. तरुन्तै तागत पाइने खजूरमा धेरै ग्लुकोज, सुक्रोज र फ्रक्टोज हुनलो यसले तुरुतै तागत दिने हुन्छ । यसका कारण तपाईलाई कुनै थकाइ लागेको भए पनि तुरुन्तै इनर्र्जी प्राप्त हुन्छ । यसलाई दुधमा मिसाएर खजूर खानाले तपाईको सेक्स पावर पनि बढ्छ ।
६. खजुरमा भरपूरमा मात्रामा पोषक तत्व पाइन्छ। यसले शरीरलाई स्वस्थ राख्नुका साथै रोगबाट लड्न प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने शक्ति प्रदान गर्दछ।
७. खजुरमा आइरनले भरिभराउ रहेको हुन्छ। यसले शरीरलाई चाहिने रगत, गर्भवती महिला तथा बालबालिकाको लागि धेरै लाभकारी हुन्छ। किनकी सय ग्राम खजुरमा ०।९० मिलिग्राम आइरन पाइन्छ। यदि मानिसलाई गरतको कमी भएमा खजुर खाए चाडै रगतको आपूर्ति हुन्छ।
८.खजुरले झाडापखाला लागेको विरामीलाई अचुक औषधि हो। किनकी खजुरमा पोटासियमको मात्रा भरपुर हुन्छ जसले झाडापखालामा प्रभावकारी रुपमा काम गर्ने गर्दछ।
९. खजुर कब्जियतमा पनि निक्कै फाइदाजनक मानिन्छ। मानिसलाई कब्जियत भएमा राति एक गिलास पानी खजुर भिज्न दिने र भोलिपल्ट बिहान यसको जुस खाएमा शरीरलाई आराम दिन्छ।
१०. यसका साथै खजुरले मानिसलाई सन्तुलित भोजनमा सहायक बन्न मद्दत गर्दछ। यसले कोलेस्ट्रोल कम गराउनुका साथै फ्याट बढ्न नदिइ शरीरलाई सन्तुलित बनाउँछ।
११. यसले मोटो मानिसलाई कोलेस्ट्रोल निकालेर शरीरलाई फिट एण्ड फाइन बनाउँछ। यसले रगतलाई पनि शुद्ध बनाउनुका साथै मुटुसम्बन्धी रोगमा प्रतिरोधात्मक काम गर्दछ।
१२. हृदयको लागि उपयुक्त एवं फाइदाकारी मानिन्छ ‘खजुर’। खजुरलाई सफा गरेर पानीमा रातभर भिज्न दिनुस र विहान उठेर नियमित पिउनाले शरीरलाई फुर्ति प्रदान गर्दछ।
१३. यति मात्रै नभएर खजुरले मानिसमा ब्लडप्रेसरको समस्यालाई समाधान गर्ने गर्दछ। यसमा रहेको पोटासियमले ब्लड प्रेसरलाई नियन्त्रित गर्ने गर्दछ। ५९६ खजुरमा करीब ८० मिलिग्राम म्याग्निसियम पाउने गर्दछ। जसले हाम्रो रगतलाई राम्रोसँग सञ्चार गराउँछ र शरीराई फाइदा पुर्याउँछ।
१४. नसासम्बन्धी रोगलाई यसले निक्कै फाइदा पुर्याउने गर्दछ। पोटासियमले भरपुर मात्रामा शरीरको नसालाई खतरा हुनबाट जोगाउँछ। यदि प्रत्येक दिन ४ सय मिलिग्राम पोटासियम हाम्रो शरीरलाई प्राप्त भएमा नशा सम्बन्धि ४० प्रतिशत कम हुने गर्दछ।
१५. यसका साथै खजुरले शरीरलाई चाहिने भिटामिन ए, बी र सीको मात्रालाइ समेत परिपूर्ति गर्ने गर्दछ। जसले शरीरलाई र आँखालाई चाहिने सबै तत्व पाउने गर्दछ।
प्रकाशित मितिः २०७८ मंसिर १० शुक्रबार