कक्षा १२ पछि ट्वीटर ट्रेन्डिङमा त्रिविको परीक्षा

भक्तपुर न्यूज

२४ साउन २०७८ ११:३४

कक्षा १२ पछि ट्वीटर ट्रेन्डिङमा त्रिविको परीक्षा

काठमाडौं । कक्षा १२ को परीक्षा रद्द गर्नुपर्ने माग राख्दै ट्वीटरमा ‘क्यान्सिल एनईबी एक्जाम’ भनेर ट्रेन्डिङमा आएको दुई हप्ता नबित्दै त्रिभुवन विश्वविद्यालयको भौतिक परीक्षा रद्द गर्नको लागि क्यान्सिल टीयू एक्जाम भन्ने पोस्ट ट्रेन्डिङमा आएको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा त्रिविले पनि भौतिक परीक्षा सञ्चालन गर्न नहुने भन्दै ट्वीटरमा पोस्ट बढ्न थाले पछि #CancelTUExams ट्रेन्डिङमा आएको हो । शनिवार बसेको राष्ट्रिय परिक्षा बोर्डले कोरोना संक्रमणको कारण देखाउँदै सरकारले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

यसलगत्तै त्रिवि अन्तर्गतका परीक्षा अनलाइन माध्यमबाट गरिनुपर्छ भन्ने माग विद्यार्थीहरूको रहेको छ । यता त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने परीक्षा स्थगित नहुने बताएका छन् ।

स्नातक तह प्रथम वर्षअन्तर्गत व्यवस्थापन संकायको परीक्षा शुक्रबारदेखि सकिएको र विज्ञान र शिक्षा संकायका परीक्षा शनिबार सकिएकाले अब मानविकी तथा सामाजिक संकायको मात्रै परीक्षा बाँकी रहेको अवस्थामा थोरै विद्यार्थी भएकाले र लामो समयसम्म परीक्षा नभएका कारण सबै स्वास्थ मापदण्ड पालना गरी उक्त परीक्षा सञ्चालन गरिने उनले जनाएका छन् ।

प्रकाशित मितिः २०७८ साउन २४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *