केयू स्कुल अफ इन्जिनियरिङकाे डिनमा प्राडा. मनिष पोखरेल नियुक्त

भक्तपुर न्यूज

२९ फागुन २०७७ ७:४८

केयू स्कुल अफ इन्जिनियरिङकाे डिनमा प्राडा. मनिष पोखरेल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालस्थित स्कुल अफ इन्जिनियरिङकाे डिनमा प्राडा. मनिष पोखरेल नियुक्त भएका छन् । विश्वविद्यालयको कार्यकारी परिषद्ले शुक्रबार प्राडा. पोखरेललाई नियुक्त गर्ने निर्णय गरेका हो ।

डा. डम्बरबहादुर नेपालीको कार्यकाल सकिएपछि परिषदले नयाँ डिनकाे रूपमा पोखरेललाई नियुक्त गरेको हो । परिषदले केही दिनमै औपचारिक पत्र पोखरेललाई पठाउनेछ ।

स्कुल अफ इन्जिनियिरङकाे डिनमा नियुक्त भएपछि उनले विश्वविद्यालयका विज्ञ समूहसँग सहकार्य गरेर बदलिँदाे समयअनुसार आईटी र कम्प्युटर इन्जिनियरिङ शिक्षामा देखिएका अवसर र चुनौतीका लागि सक्षम जनशक्ति तयार पार्न पहल गर्ने बताए ।

लामाे समयदेखि केयूमा प्राध्यापनरत पाेखरेल यसअघि कम्प्युटर इन्जिनियरिङ विभागकाे प्रमुख भइसकेका छन् ।

प्रकाशित मितिः २०७७ फागुन २९ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *