पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

भक्तपुर न्यूज

१७ फागुन २०७७ १२:१५

पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

काठमाडौं । पाटन कलेज फर प्रोफेसनल स्टडिज ( पीसीपीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त समारोह होटेल काठमाडौँ म्यारिओटमा आयोजना गरेको छ । यो कलेज बेलायत स्थित प्रसिद्ध बेडफर्डशाईर विश्व विद्यालयसँग आवद्ध छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बीबीए बिषय संग सम्बन्धित कूल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्राप्त गरेका थिए ।

पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिजनेस एडमिनिस्ट्रेशन विषयहरुमा स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ । यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनीसंग साझेदारी गरि आर्टिफिसियल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।

प्रकाशित मितिः २०७७ फागुन १७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *