रोल्पा नगरपालिकामा प्राविधिक शिक्षाको लागि छात्रबृत्ति
काठमाडौं । रोल्पाको एक नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक धारको शिक्षामा छात्रवृत्ति प्रदान गर्दै आएको छ । रोल्पा नगरपालिकाभित्र रहेका गरिब, जेहेनदार र पढाइमा अब्बल विद्यार्थीहरुलाई प्राविधिक धारको अध्ययनका लागि छात्रबृत्तिको व्यवस्था गरिएको हो।
सीटीईभीटी अन्तर्गतका ३ वर्षे र १८ महिने तहका (विज्ञान, पशु विज्ञान, अनमी, सिएमए, सिभिल ओभरसियर) लगायतका संकायमा निःशुल्क पढाउँदै आएको नगरपालिकाले जनाएको छ । ‘एक घर, एक रोजगार’ सृजना गर्ने उदेश्यले छात्रवृत्तिका लागि नगरपालिकाले बर्षेनी ३० लाख बढी बजेट छुट्याउँदै आएको नगर प्रमुख पूर्ण केसीले जानकारी दिनुभयो ।
५ वर्षमा ५ सय जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार वर्षेनी एक सय विद्यार्थीलाई छात्रवृत्ति दिने योजना भएतापनि विद्यार्थीहरुले सीटीइभीटीले लिने प्रवेश परिक्षा उत्तिर्ण गर्न नसक्दा ३ वर्षको अवधिमा १ सय ५१ जना विद्यार्थीले मात्रै छात्रवृत्ति पाएका छन् ।
विद्यार्थीहरुलाई छात्रावित्री दिएर निःशुल्क प्राविधिक शिक्षा पढाउने यो रोल्पाको पहिलो स्थानीय तह हो । यसरी निःशुल्क रुपमा पढ्न पाउँदा विद्यार्थीहरु पनि खुसी छन् ।
प्रकाशित मितिः २०७७ फागुन १६ आइतबार