विद्यार्थीले एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउने

भक्तपुर न्यूज

५ फागुन २०७७ १०:२५

विद्यार्थीले एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउने

काठमाडौं । अब पाँच विश्वविद्यालयका विद्यार्थीहरुले करिब एक करोड बराबरको परियोजनाको मुल्याङ्कन गर्न पाउने भएका छन् । एक करोड भन्दा माथिको परियोजनामा प्राध्यापक र एक करोड बराबरको परियोजनाको मुल्याङ्कन विद्यार्थीले गर्न पाउँने गरी विश्वविद्यालय र समाज कल्याण परिषद्बीच सम्झौता भएको परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले बताए ।

परिषद्ले प्रधानमन्त्री निवास बालुवाटारमा सम्झौता गरेको हो । पत्रमा परिषद्का तर्फबाट सदस्य सचिव पुष्कर खाती र विश्वविद्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । सम्झौता भएका विश्वविद्यालयमा कम्तिमा स्नातोत्तर पढिरहेका विद्यार्थीहरुलाई परियोजनाको मुल्याङकन गर्न दिइने उनले बताए ।

परिषद्ले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विद्यालय, मध्य पश्चिमाञ्चल विद्यालय, पूवाञ्चल विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग परियोजना मुल्याङ्कनको लागि सम्झौता गरेको छ । अनुसन्धानमा दुवै पक्षलाई सहयोग मिल्ने उद्देश्यले सम्झौता गरिएको उनले जानकारी दिए ।

पहिलो चरणमा पाँच वटा विश्वविद्यालयसँग सम्झौता गरेर काम गर्ने योजना बनाए पनि आगामी वर्षहरुमा सबै विश्वविद्यालयलाई समेटेर लैजाने भट्टराईले बताए । चालु आर्थिक वर्षमा करिब ८ सय परियोजना मुल्याङ्कन गर्नुपर्ने रहेको उनले बताए ।

प्रकाशित मितिः २०७७ फागुन ५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *