ब्रिटिस कलेजद्वारा ‘टप अप’ विद्यार्थीको लागि ओरिन्टेसन कार्यक्रम

भक्तपुर न्यूज

२ फागुन २०७७ १०:३१

ब्रिटिस कलेजद्वारा ‘टप अप’ विद्यार्थीको लागि ओरिन्टेसन कार्यक्रम

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले अन्य कलेजबाट आएका (टप अफ) विद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । जनावरी तथा फेब्रुअरी इन्टेकको लागि आएका विद्यार्थीहरुलाई सहभागी गराईएर बिहीबार कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कुपण्डोलस्थित हिमालय होटेलमा सम्पन्न कार्यक्रममा बीएस्सी हन्स कम्प्युटिङ तथा बीएचएममा भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कोभिड– १९को महामारीको कारण सन् २०२०मा कक्षाहरु भर्चुअल संचालन भएकोले विद्यार्थीहरु पहिलो पटक साक्षात्कार भएका हुन् ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्थामा कलेजले ओरिन्टिेसन कार्यत्रमको आयोजना गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाईन शिक्षा प्रदान गर्दै आइरहेको छ । सो समयमा कलेजले अनलाईनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई बिभिन्न सेसनहरु, वेभमिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो ।

हालको अवस्थामा दैनिक रुपमा नयाँ संक्रमितको संख्या कम हुँदै गए पनि सरकारले तय गरेको मापदण्डलाई लागू गर्दै सुरक्षित तरिकाले ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरु सबैले मास्क देखी स्यानिटाइजर सम्मका सबै प्रवीधीहरू प्रयोग भएका थिए । त्यसैगरी  कार्यक्रम स्थलमा पनि भौतिक दूरी कायम गरिएको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल तथा अन्य पदाधिकारिहरुसँगै पार्टनर युनिभर्सिटी लिड्स बेकेट तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्डका पदाधिकारिहरुको मन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः २०७७ फागुन २ आइतबार  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *