मास्क लगाएपनि मानिसको अनुहार चिन्नसक्ने नयाँ प्रविधि

भक्तपुर न्यूज

२६ पुष २०७७ २:०६

मास्क लगाएपनि मानिसको अनुहार चिन्नसक्ने नयाँ प्रविधि

काठमाडौं। जापानमा मास्क लगाएपनि मानिसको अनुहार चिन्नसक्ने नयाँ प्रविधि सुरु भएको छ । मानिसको अनुहार चिन्ने प्रणाली विकास गर्ने जापानी कम्पनी एनइसीले मास्क लगाएका मानिसको अनुहार चिन्नसक्ने नयाँ उपकरण ९नियोफेस लाइभ फेसियल रिकग्निसन० को विकास गरेको हो । उक्त उपकरणले मास्कले नछेकिएका भागलाई केन्द्रित गरेर मानिसको पहिचान गर्नसक्छ ।

एक सेकेन्डभन्दा पनि कम समयमा ९९ दशमलव ९ प्रतिशत सही अनुहार पहिचान गर्नसक्ने कम्पनीले जनाएको छ । टोकियो मुख्यालयमा एउटा स्वचालित भुक्तानी पसलमा परीक्षण गरिरहेको नियोफेस लाइभ फेसियल रिकग्निसनलाई लन्डनको प्रहरीले भीडमा निगरानीका लागि तथा लुफ्थान्सा र स्वीस इन्टर्न्याश्नल एयरलाइन्सले प्रयोग गरिरहेको छ ।

एनइसीको डिजिटल प्लेटफर्म शाखाका सहायक प्रबन्धक शिनिया ताकाशिमाका अनुसार कोरोना भाइरस महामारीका कारण यस्तो प्रविधिको आवश्यकता बढेको र यसले मानिसलाई कैयौँ अवस्थामा सीधै अनुहार देखाउनुपर्ने अवस्थाबाट मुक्ति दिलाउन सक्छ ।

तर, गोपनीयता हनन भएको तथा यस्ता प्रविधिले कसरी छालाको गहिरो रङ्गलाई पहिचान गर्नसक्ने प्रश्न गर्दै यस्ता फेसियल रिकग्निसन भनिने अनुहार चिन्ने प्रविधि विवादमा परेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *