हार्ट अट्याक हुनु केही समय अघिनै शरीरमा केही लक्षणहरू देखा पर्छ

भक्तपुर न्यूज

२५ पुष २०७७ २:२४

हार्ट अट्याक हुनु केही समय अघिनै शरीरमा केही लक्षणहरू देखा पर्छ

काठमाडौँ। हृदयघात अर्थात् हर्ट अट्याक कुनै पनि समयमा अचानक हुन सक्छ । तर, हार्ट अट्याक हुनु केही समय वा एक महिना अघिदेखि नै शरीरमा केही लक्षणहरू देखा पर्न थाल्छ । शरीरमा देखिने यी छ लक्षणबारे थाहा भएमा हृदयघात हुने सम्भावना रहे अगाडिदेखि नै सावधान भई सतर्कता अपनाउन सकिन्छ ।

छातीमा असहज महसुस हुनुः यो हर्ट अट्याकका लागि जिम्मेवार लक्षणमध्ये एक हो । छातीमा हुने कुनै पनि प्रकारको असुविधाले मुटुलाई समस्यामा पार्न सक्छ । विशेषगरी छातीमा दबाब तथा जलन महसुस भएमा वा छातीमा कुनै प्रकारको परिवर्तन वा असुविधा महसुस भए तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ ।

थकान स् कुनै कडा परिश्रम वा कामविना थकित भए पनि हृदयघातको एक सङ्केत हुन सक्छ । कोलेस्ट्रोलको कारण मुटुको धमनीहरू बन्द वा सङ्कुचित हुन्छन्, तब हृदयले कडा परिश्रम गर्नुपर्छ, जसकारण केही काम नगरी चाँडै थकान हुन्छ । रातमा राम्रो मात्रामा निद्रा प्राप्त गरे पनि, अल्छी र थकान महसुस हुन सक्छ ।

सुन्निने समस्या स् हृदयले शरीरको सबै आन्तरिक अङ्गमा रगत पठाउन कडा परिश्रम गर्नुपर्ने हुँदा, रगतका नली फुलिन्छन् र सुन्निने सम्भावना बढ्दै जान्छ । यसको प्रभाव विशेषगरी औँला र खुट्टाको अन्य भाग सुन्निएको रूपमा देखा पर्छ । साथै, कहिलेकाहीँ ओठको सतह निलो पनि हुन सक्छ ।

लामो समयसम्म रुघा लाग्नु स् लामो समयसम्म चिसो वा सम्बन्धित लक्षण निको नभए यसले पनि हृदयघातको सङ्केत गर्न सक्छ । शरीरको आन्तरिक अङ्गहरूमा रगत प्रसारित गर्न मुटुले कडा परिश्रम गर्दा, फोक्सोमा रक्तस्राव हुने सम्भावना बढ्छ । कफको कारण सेतो वा गुलाबी रङको खकार फोक्सोमा हुने रक्तस्रावको कारण हुन सक्छ ।

रिँगटा लाग्नु : मुटु कमजोर हुँदै जाँदा शरीरमा रगतको सञ्चार पनि सीमित हुँदै जान्छ । यस्तो अवस्थामा आवश्यकताअनुसार अक्सिजन मस्तिष्कमा पुग्दैन, जसकारण लगातार रिँगटा लाग्ने वा टाउको भारी हुने जस्ता समस्या निम्त्याउन सक्छ ।

सास : सास फेर्दा कुनै परिवर्तन भएको वा सासको कमी भएको महसुस भएमा यो पनि हृदयघातको लक्षण हुन सक्छ । मुटुले ठीकसँग आफ्नो काम गर्न नसकेमा शरीरलाई आवश्यक अक्सिजन फोक्सोसम्म पुग्न सक्दैन । यस कारणले सास फेर्न गाह्रो हुन सक्छ । माथिका कुनै पनि लक्षणहरू लगातार देखिन थाले ढिलाइ नगरी डाक्टरको सल्लाह लिन जरुरी हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *