बेसारको अत्यधिक सेवन यी व्यक्तिका लागि हुनसक्छ घातक

भक्तपुर न्यूज

१४ पुष २०७७ ९:०१

बेसारको अत्यधिक सेवन यी व्यक्तिका लागि हुनसक्छ घातक

काठमाडौं । बेसारको सेवन हितकारी मात्र होइन हानिकारक पनि हुन्छ । बेसारको सेवनले शरीरमा कैयन् फाइदाहरु गर्छ । तर केही व्यक्तिहरुका लागि यसको सेवन हानिकारक हुन्छ । केही व्यक्तिहरुले अत्यधिक बेसार सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न पनि सक्छ ।

जण्डिस
जो व्यक्तिहरुलाई जण्डिसको समस्या देखिएको छ त्यस्ता व्यक्तिहरुले बेसारको सेवन गर्नुहुँदेन । जण्डिसमा बेसारको सेवन अत्यधिक हानिकारक हुन्छ । जण्डिस भएको समयमा बेसार सेवन गर्दा जण्डिस निको हुन मुश्किल हुन्छ । जण्डिस निको भएपछि भने डाक्टरको सल्लाहअनुसार बेसार सेवन गर्न सकिन्छ ।

पथ्थरी
यदि पथ्थरी भएको छ भने बेसारको सेवन गर्नुहुँदैन । विशेषगरी पित्ताशयमा पथ्थरी हुनेहरुले बेसार सेवन गर्दा पथ्थरी बढ्ने र यसले थप समस्या पैदा गर्न सक्छ ।

रक्तस्रावमा समस्या
यदि रगत पातलो भएको छ भने शरीरभित्रको रगत बेसारको सेवनले झनै पातलो बनाइदिन्छ । जसले नाकबाट अचानक रगत बग्ने खतरा देखापर्छ । बेसारको सेवन कम मात्रामा तर नियमित गर्नुपर्छ किनकी बेसारले रगत बाक्लो हुने र जम्ने खतराबाट बचाउँछ ।

गर्भवती महिलाका लागि
डाक्टरको सल्लाहअनुसार गर्भवती महिलाहरुमा रोग प्रतिरोधात्मक क्षमता तन्दुरुस्त राख्नका लागि बेसारको सेवन गर्नहुँदैन । किनकी बेसारले गर्मी पैदा गर्ने र गर्भपतन पनि हुन सक्ने तथा रक्तस्राव पनि धेरै हुन सक्ने जोखिम हुनसक्छ ।

मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामीले
बेसारको नियमित सेवनले शरीरमा ब्लड सुगर लेभललाई घटाउन मद्दत गर्छ। मधुमेहका बिरामीले अत्यधिक बेसार सेवन गर्दा रगतमा सुगरको मात्रा आवश्यकताभन्दा न्यून भई, बेहोसी, रिगंटा लाग्ने, छट्पटाउने, हातखुट्टा काम्ने जस्ता समस्या देखा पर्न सक्छ। एजेन्सी ।

प्रकाशित मितिः २०७७ पौष १४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *