नेपाल फार्मेसी परिषद्ले नाम दर्ता प्रमाणपत्र भोलीदेखि वितरण गर्दै
काठमाडौं । नेपाल फार्मेसी परिषद्ले सञ्चालन गरेको १५ औं नाम दर्ता परीक्षाको नाम दर्ता प्रमाणपत्र शुक्रबारदेखि वितरण गर्दैछ। परिषद्ले एक सूचना जारी गरी १५ औं परीक्षाको नाम दर्ता प्रमाणपत्र वितरण गर्न लागेको जानकारी दिएको हो।
डिप्लोमाका करिब ४ सय र ब्याचलरका २ सय ४५ जना फार्मासिस्टलाई प्रमाणपत्र वितरण गर्न लागेको परिषदका रजिस्ट्रार संजीव कुमार पाण्डेले जानकारी दिए। कोरोना महामारीका कारण प्रभावित भएको परीक्षा असोज १० गतेदेखि प्रदेशस्तरीय रुपमा सञ्चालन भएको थियो।
लकडाउन र कोरोना महामारी नभएको भए फार्मेसी परिषदको परीक्षा चैत र साउनमा सञ्चालन हुने गर्थ्यो। परिषदले चाररचार महिनाको अन्तरालमा वर्षको तीन पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ।
प्रकाशित मितिः २०७७ मंसिर २५ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००